टाटा मोटर्सको ‘अल न्यू टाटा टिगोर’ नेपाली बजारमा

काठमाडौं। टाटा मोटर्सको ‘अल न्यू टाटा टिगोर’ नेपाली बजारमा  आएको छ ।

 टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडीङले टाटा टिगोरको नयाँ संस्करण ‘अल न्यू टाटा टिगोर’ नेपाली बजारमा ल्याएका हुन् । 

बोल्ड आकर्षक बनावट तथा उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुको बीच ‘कम्प्याक्ट सेडान’ निकै लोकप्रिय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 अरु भन्दा भिन्न  देखिने नयाँ आयाम स्वरुप नयाँ टाटा टिगोर नेपाली बजारमा ल्याइएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए।

पेट्रोल भेरियन्टको यो कारमा यात्रु सुरक्षा लक्षित डूअल एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन र कर्नर स्टाब्लिटी क्न्ट्रोल जडान गरिएको कम्पनीले जनाएको छ।

यो गाडीको नेपाली बजार मूल्य २७ लाख ५५ हजार रुपैयाँ रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?