स्ववियु निर्वाचनमा लाग्न अखिल (क्रान्तिकारी) लाई प्रचण्डको निर्देशन

लोकपथ
273
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अखिल (क्रान्तिकारी) लाई चुनावमा लाग्न निर्देशन दिएका छन् ।
बिहीबार अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ । यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ । अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीका अनुसार प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरुलाई सहमतिमा ल्याउनुपर्नेमा समेत जोड दिएका छन् ।

उनले पञ्चासिंह नेतृत्वको कमिटी नै आधिकारीक र वैधानिक कमिटी भएकोमा पार्टीमा कुनै कन्फ्युजन नरहेको भन्दै संगठनका समस्याहरु समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रचण्डले निर्देशन दिएको उपाध्यक्ष मैनालीले जानकारी दिए ।

आफ्नो तेश्रो कार्यकालमा उल्लेख्य काम गर्ने भन्दै प्रचण्डले नराम्रो केही नगर्ने प्रधानमन्त्रिको रुपमा तेस्रो कार्यकाल सरकारले राम्रै राम्रो मात्र गरेर स्मरणिय कार्यकाल बनाउन आफु लागेको प्रचण्डको भनाई थियो । यसपटक ऐतिहासिक काम गर्ने उनको दाबी छ । बैठकमा ४१ पदाधिकारी मध्य ३७ पदाधिकारी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?