एकीकृत समाजवादीले बनायो पार्टी तथा कार्यगत एकता गर्न कार्यदल

लोकपथ
39
Shares
r’gfaL 3f]if0ffkq ;fj{hlgs sfo{qmd sf7df8f}F,!$ sflQsM g]skf -PsLs[t ;dfhjfbL_ kf6L{sf] ;f]daf/ /fhwfgLdf cfof]lht r’gfaL 3f]if0ffkq ;fj{hlgs sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} g]tf a]b’/fd e’;fn . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वाम एकताका लागि कार्यदल गठन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल र अगुवाई गर्न महासचिव बेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

महासचिव बेदुराम भुसालले आज एक विज्ञप्ति जारी गर्दै वामपन्थी पार्टीहरुसँग पार्टी एकता तथा कार्यगत एकता गर्ने सम्वन्धमा वार्ता अघि बढाउन कार्यदल गठन भएको जनाएका छन् । कार्यदलमा उप–महासचिवहरु प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर र डा. विजय पौडेलसमेत रहेका छन् ।

‘आज २०७९ पौष २१ मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ४५ औं बैठक पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा बस्यो । बैठकमा वर्तमान राजनीतिक परिस्थितिको बारेमा गहन छलफल भयो ।

बैठकले वामपन्थी पार्टीहरुसँग पार्टी एकता तथा कार्यगत एकता गर्ने सम्वन्धमा वार्ता अघि बढाउन पहिलेदेखि कायम रहेको वार्ता समितिलाई नै जिम्मा दिने निर्णय गर्योे, विज्ञप्तिमा भनिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?