काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकमा देखिएका खाल्डा १५ दिनदेखि एक महिनाभित्र पुरिसक्न निर्देशन दिएका छन् ।
विहीबार सडक खाल्डा अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठले सरोकारवाला निकाय र अधिकारीहरुलाई सडकबाटै निर्देशन गर्दै समय सीमा तोकिदिएका हुन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री श्रेष्ठले एक महिनाभित्र देशभरका सडक खाल्डा पुर्न निर्देशन दिएका थिए । त्यसै कामको प्रगित हेर्न सडकमै पुगेका उनले अधिकारीहरुसँग कामको प्रगतिबारे जिज्ञासा राखेका थिए ।

मन्त्रालयका अधिकारी र सडक डिभिजनका कर्मचारीसहित उनी बिहीबार काठमाडौंको सीतापाइला क्षेत्रमा पुगेका हुन् । प्रगति विवरण लिँदै उनले अझै तीब्र गतिमा काम गर्न निर्देशन दिएका हुन् ।
https://www.facebook.com/100000266408805/videos/pcb.6602803169738498/3467847130152845
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया