कर्णाली प्रदेशमा पुस २७ गतेभित्र सरकार गठन गर्न आह्वान

लोकपथ
26
Shares
??????? ??????????? ?????? ???? ????? ?????? ?????? ????? ??????? ????????? ????? ? ??????? ????? ??????÷????

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बेलुका पाँच बजेभित्र प्रदेशसभामा बहुमत दलको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गर्न बुधबार आह्वान गरेका छन् ।

प्रदेश सभामा संविधानको धारा १६८ उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले उपधारा २ बमोजिम बहुमत प्राप्त गर्नसक्ने गरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्न आह्वान गरिएको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन् । सहभागी दलहरूमध्ये कसैले पनि सरकार गठन गर्नेगरी बहुमत ल्याएका छैनन् । प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० जना निर्वाचित सांसद छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) बाट एक/एक जना सांसद छन् । जुम्लाबाट एक जना स्वतन्त्र सांसद कर्णाली प्रदेश सभामा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?