सन् २०२३ मा नवीन उत्पादनहरु तथा पहलहरु सार्वजनिक गर्ने भिभोको योजना

लोकपथ
39
Shares

काठमाडौं । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ ।

सन् २०२२ निकै अद्भूत रहेको भिभोको भनाइ छ । कम्पनीका अनुसार डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक भिभो बनेको छ ।

भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्शलगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ । स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी–२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्ने बताएको छ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५०० बढी रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ । यी संख्या निरन्तर बढ्दै गइरहेको बताउँदै भिभोले आफ्ना ग्राहकले दिएको माया र प्रशंसाप्रति आभार व्यक्त गरेको छ ।

विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

भिभोले सन् २०२२ मा महत्वपूर्ण फ्ल्यागशिपहरू, विशेष गरी ‘भी२३ र भी२५’ सिरिजहरु सार्वजनिक गरेर उत्पादन लाइनको आक्रामक विस्तार गर्यो । वाई ३३ एस, वाई०१, वाई ५५, वाई१५सी, वाई३५, वाई२२, वाई१६, र वाई२२ को लन्चहरूसँगै ब्रान्डको बजेट मैत्री र सुविधायुक्त वाई शृङ्खलाले पनि विस्तारको अनुभव गरेको छ । यसबाहेक, ब्रान्डको वाई२०, वाई२१ई र वाई२३ई स्मार्टफोनहरूको मूल्य क्रमश २० अजार ९ सय ९९ रुपैयाँ ३७ हजार ९ सय ९९ रुपैयाँ र ४१ हजार ९ सय ९९रुपैयाँमा घटाएको छ ।

भिभोले भी२३ ५जीमा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने भी२३ ५जीमा ५०एमपी फ्रन्ट क्यामेरा, ४ हजार ५ सय एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ । रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई परिभाषित गरेको छ । ब्रान्डले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिलाई प्रजातान्त्रिक र उन्नत बनाउने उद्देश्यका साथ यस सम्बन्धमा आफ्नो गतिलाई निरन्तरता दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?