मुख्यमन्त्रीमा पुस २५ सम्म दाबी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान

लोकपथ
26
Shares

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि पुस २५ गतेसम्म बहुमत दलको समर्थनमा मुख्यमन्त्री नियुक्तिकाे दाबी पेश गर्न आव्हान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनैपनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको सार्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न भनिएको हो ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनको प्रक्रिया शुरु भएको हो । ११० सदस्यीय प्रदेश सभा सदस्य रहेको बागमतीमा नेकपा (एमाले) का २७, नेपाली कांग्रेसका ३७, नेकपा (माओवादी केन्द्र) का २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टी ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?