सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइँदै, एमाले र रास्वपाले पाउने मन्त्रालय पनि टुंग्गियो

लोकपथ
0
Shares
????? ??????? ???? ????????????? ????? ??????????? ?????? ????? ?????? ?????? ????????????? ??? ????????????? ?????????? ??????? ???????? ????? ‘???????’, ?????????????? ??????? ???? ????? ???, ??????????????? ??? ????????? ????????? ???????? ??????? ??? ???????? ? ????????? ??????????? ???????? ??????? ????????? ???????, ???? ???????? ???????? ??????? ???????? ???? ? ??????? ????????? ????, ????

काठमाडौं । सत्तारुढ दलहरुले आज सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन् । केही दिन यता कार्यक्रम तयार पारिरहेको कार्यदलले आज अन्तिम रुप दिने भएको हो ।

एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन उप्रधानमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल नै बनाएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनमत साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइने जानकारी दिएका हुन् ।

बालुवाटारमा हिजो बसेको दलहरुको शीर्ष बैठकपछि संवाददाताहरुलाई उनले आज अन्तिम रुप दिएर भोलिसम्ममा सार्वजनिक गरिने जानकारी दिएका हुन् ।

हिजै बसेको दलहरुको बैठकले सत्तारुढ प्रमुख तीन दलबीच मन्त्रालय भागवण्डा पनि करिब टुंग्याएको छ । यद्यपि, मन्त्रिपरिषद्को विस्तार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिएपछि मात्र गरिनेछ ।

गृहमन्त्री रवि लामिछानेका अनुसार मन्त्रालय बाँडफाँट लगायतका समग्र विषयमा छलफल भएको थियो । स्रोतका अनुसार सत्तारुढ नेकपा एमालेले ९ मन्त्रालय पाउँदा, माओवादी केन्द्रले पाँच तथा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्रालय लिने सहमति भएको हो । रास्वपालाई थप एक राज्यमन्त्री दिन पनि दलहरु सहमत छन् ।

जनता समाजवादी पार्टी (जसपा) र राप्रपाका विषयमा भने मन्त्रालय टुंंगो लगाइसकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?