काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राहदानी विभागका विचौलियालाई तत्काल कारबाही गर्न माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति प्रकाशित गरी पुस १७ गतेदेखि सिस्टममा आएको समस्या देखाउँदै पासपार्ट वितरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेविसंघले शंकास्पद ढंगले सम्बन्धित विभागका कर्मचारीहरुद्वारा सिस्टम अवरुद्ध पारिएको र यसको मुख्य कारण गृह मन्त्रालयको नीति बिनाको ठाडो निर्देशन रहेको भन्ने समाचारहरुले थप जटिलता उत्पन्न भएको बताएको छ ।
विगत लामो समयदेखि राहदानी वितरण र आवेदनको निमित्त भरिने अनलाइन फाराममा दलाली गरिएको र विचौलियाहरु हाबी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रुपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया