ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

लोकपथ
39
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बैंकले महिला सशक्तीकरणको प्रयास स्वरुप देशव्यापीरुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गर्न लागेको हो ।

हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्ने बैंकले जनाएको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका ५ जना गम्भीर बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका १ जना गम्भीर बिरामी पहिचान गर्ने बैंकले जनाएको छ । जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

नेपाल परिवार नियोजन संघसँगको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका/नगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रम गरिने भएको छ । कार्यक्रम अन्तर्गत प्रदेश नंं. १ मा ईलामको ईलाम नगरपालिका–१ साँखेजुङ्गस्थित वडा कार्यालयमा पौष २२ गते, मधेश प्रदेशअन्तर्गत रौतहटको फतुवा विजयपुर नगरपालिका–७ स्थित रौतहट प्राथमिक उपचार केन्द्रमा पुस २२ गते, र बागमती प्रदेशमा दोलखाको कालिन्चोक गाउँपालिका–६, लापिलाङ्गस्थित पारच्याङ स्वास्थ चौकीमा पुस २२ गते कार्यक्रा सञ्चालन हुनेछन् ।

त्यस्तै, गण्डकी प्रदेश अन्तर्गत बागलुङको निसिखोला गाउँपालिका–३, झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ चौकीमा पुस १६ गते, लुम्बिनी प्रदेशको रोल्पाको रुन्टी गढी नगरपालिका, होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ केन्द्रामा पुस २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा लेकबेसी नगरपालिका–६, कल्याणस्थित कल्याण स्वास्थ चौकीमा पुस २५ गते शिविर हुनेछन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटीको जोरायाल नगरपालिका–५ खहडास्थित गडशेरा स्वास्थ चौकीमा पुस २३ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।

स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी विशेषत ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?