काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आउँदो केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन महामन्त्री गगन थापाले आग्रह गरेका छन् ।
विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टी परिचालनमा कठिनाई भएको भन्दै उनले पुस २८ अगावै ती संस्थालाई पूर्णता दिन प्रस्ताव गरेका छन् । पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक सारेर पुस २८ मा पु¥याइएको छ ।
भ्रातृ संस्थालाई पूर्णता दिएपछि केन्द्रीय समितिको बैठकमा सभापतिले विभाग गठनको प्रस्ताव गरेमा त्यसलाई पारित गर्न आफूहरुले सघाउने पनि उनले उल्लेख गरेका हुन् । पार्टी विधानको व्यवस्था प्रयोग गर्ने सर्वाधिकार सभापतिमा रहेको भन्दै थापाले विधान कार्यान्वयन नहुँदा समस्या परेको बताए ।
केन्द्रको कमिटीले पू्र्णता नपाउँदा तल्ला कमिटीहरु कार्यान्वयनमा नआएको गुनासो उनको छ । कांग्रेस विधानले महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था गरेपनि एक वर्ष हुँदा पनि ती काम हुन सकेका छैनन् । पार्टी विधानले २८ वटा विभाग रहने व्यवस्था गरेको छ । ती विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्य गरी बढीमा ५१ जना हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया