यस्तो रह्यो प्रधानमन्त्रीदेखि ज्ञानेन्द्रसम्मको भाइटीका, माओवादी नेताहरु किन ‘भूमिगत’ !

काठमाडौं, ४ कात्तिक — आज यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइयो ।भाइटीका सर्वसाधारणदेखि भीआईपीसम्मले आफ्नै ढंगले मनाएका छन् । भाइटीकाको उपलक्ष्यमा  प्रधानमन्त्री एवंम विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आ—आफना दिदीबहिनीको हातबाट टीका लगाएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ११ बजेर ५१ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालय बालुवाटारमै बहिनी दुर्गा देवी चन्दको हातबाट टिका लगाए ।टिका लगाएपछि प्रधानमन्त्री देउवाले तिहारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीलाई शुभकामना व्यक्त गर्दै दिपावलीले आम नेपालीमा उन्नती, स्थायी शान्ति, तथा देशमा संबिधान कार्यान्वयनमा जोड दिए ।यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओली निवास बाल्कोटमा आफनोतीन जना बहिनी कौशल्या कोइराला, विष्णु कुमारी ढकाल र देवका सिवाकोटीको हातबाट टिका लगाए ।बहिनीको हातबाट टिका लगाएपछि ओलीले मंसिर १० र २१ गते हुन गइरहेका प्रदेश र प्रतिनिधिसभा निर्वाचन सबैले मिलेर बिना ब्यवधान सम्पन्न गर्नुपर्ने बताए । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले कान्छी बहिनी शोभा साहीसंग टिका लगाए । भाइटिका ग्रहणपछि पूर्व राजा शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताए ।संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको महसुस आफुले गरिरेको भन्दै जनताको इच्छा अनुसार नेतृत्व लिन आफु तयार रहेको बताएका हुन् ।एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरे ।नेतृत्वले जनताको इच्छा र आकाक्षा पुरा गर्न नसकेकाले आफु सक्रिय हुनु परेको पनि उनले स्पष्ट पारे ।मुलुकको पछिल्लो परिस्थितिले आफ्नो नेतृत्व मागेको दाबी गर्दै पूर्व राजा शाहले यसलाई आफु सक्रिय भएको भन्ने ढंगले नबुझ्न पनि आग्रह गरे ।माओवादी छाडेर नयाँ शक्तिका संयोजक बनेका बाबुराम भटटराईले पनि दिदीको हातबाट टीका लगाउँदा माओवादीका अधिकांश नेताहरुले भने भाइटीका लगाएको विषय बाहिर ल्याएनन् ।कम्युनिष्ट भन्दै विगतमा दशैं तिहारजस्ता पर्व वहिस्कार गर्ने उनीहरुले पछिल्लो समय पुनः परम्परालाई निरन्तरता दिन लागेको भएपनि आलोचित हुने डरले हत्तपत्त यस्ता कुरा बाहिर ल्याउँदैन ।स्मरण रहोस् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दशैंका टिका लगाएको फोटो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?