कांग्रेस प्रवक्ता महत भन्छन्- ‘सत्तारुढ गठबन्धन अवसर केन्द्रित छ, विचारमा एकता छैन’

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन रहेको टिप्पणी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सत्तारुढ गठबन्धन विभिन्न रुपरंग मिलेर बनेको बताए ।

‘त्यो गठबन्धन शुद्ध अवसर केन्द्रित गठबन्धन हो । त्यसमा राजतन्त्र चाहनेदेखि राजतन्त्र कुनै पनि हालतमा हुँदैन भन्ने, संघीयता चाहिन्छ र चाहिँदैन भन्नेदेखि विभिन्न विभिन्न रुपरंगका पार्टीका पार्टी छन् ।’ प्रवक्ता महतले भने।

त्यसैगरी गठबन्धनभित्र विचार र दृष्टिकाेणमा कुनै एकता नभएको आरोप लगाउँदै उनले गठबन्धनमा कुन दलले ठूलो पद पाउने भन्ने होडबाजी चलेको टिप्पणी गरे । ‘त्यहाँ विचारमा एकता छैन, दृष्टिकाेणमा एकता छैन,’ उनले भने ।, ‘ त्यहाँ कुन दलले ठूलो सत्ता प्राप्त गर्ने भन्ने होडबाजी रहेको छ ।’

उनले आफूहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै अघि सारेर गठबन्धन जोगाउने तयारी गरे पनि प्रचण्डले धोका दिएर गठबन्धन टुटाएको बताए । त्यस्तै आफूहरुले गठबन्धननै जोगाउन भन्दै वैकल्पिक दलहरुको समर्थन जुटाएर सरकारको नेतृत्व गर्ने कुनै चाहना नराखेको पनि उनले बताए । गठबन्धन टुट्नुमा कांग्रेसको कुनै हात नभएको उनकाे भनाइ थियाे ।

‘हामीले कहिँ कतै पनि वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ प्राथमिकता दिएनाैं । त्यो अवस्थामा गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा कांग्रेसको कुनै गल्ती थिएन,’ उनले भने ।

निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसके पनि सन्तोषजनक भएकाे भन्दै महतले पार्टीभित्रैबाट धेरै पदमा दाबी रहेका कारण नेतृत्वलाई अघि बढ्न समस्या परेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?