सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत

लोकपथ
91
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । बुधबार कैलाली क्षेत्र नं २ प्रदेश सभा क बाट निर्वाचित शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

अन्य आकांक्षीहरुले उनलाई नै समर्थन गरेपछि शाह दलको नेतामा सर्वसम्मत भएको नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मन’ ले लोकपथलाई जानकारी दिए ।

प्रदेश सभा दलको नेतामा बहादुरसिंह थापा, देवानसिंह विष्ट, प्रकाश देउवासहित ७ जना आकांक्षी रहेका थिए । तर सहमति अनुसार सबैले उनलाई समर्थन गरेपछि उनी सर्वसम्मत दलको नेतामा चयन भएका हुन् ।

यसअघि धेरै आकांक्षी हुँदा दलको नेता छनोटको लागि निर्वाचन गर्ने तयारी गरिएको थियो । आज दिउँसो २ बजे मनोनयन दर्ताको समय तोकिए पनि सहमति जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?