काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीयराजदूत नविन श्रीवास्तवले भेटघाट गरेका छन् ।
बुधबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच भेटघाट भएको हो ।
भेटमा माननीय उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतको वर्षौंदेखिको मित्रतालाई प्रकाश पार्दै जनस्तरको सम्बन्धका बारेमा चर्चा गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय हितका विकासका विषयमा छलफल भएको थियो ।
सो क्रममा राजदूत श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै भारत भ्रमणको निम्तो समेत दिएका दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया