प्रधानमन्त्रीसँग यूरोपेली संघका राजदूतकाे भेटघाट, के भयो कुराकानी ?

लोकपथ
78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो ।

भेटको क्रममा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसका साथै सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?