काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पोलिटब्युरो बैठकले दुई निर्णयसहित ११ वटा समसामयिक प्रस्ताव पारित गरेको पार्टी महासचिव वेदुराम भुसालले जानकारी दिएका छन् ।
वर्तमान गठबन्धनसँग कस्तो सम्बन्ध राख्ने र वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा जाने वा नजाने सम्बन्धमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिने निर्णय गरेको छ । त्यस्तै, पार्टी एकता तथा राजनीतिक मोर्चा निर्माण गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार पनि केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ ।
पार्टीले उखु किसानका समस्यादेखि मलखादको अभावका साथै समग्र अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग समेत गरेको छ ।
पोलिट्ब्यूरो कमिटी बैठकपछि पार्टी महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उखु किसानहरुको समस्या समाधान गर्न र समर्थन मूल्य छिट्टै तोक्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया