काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता बिश्वस्त नभएको थापाको टिप्पणी छ ।
‘अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसदको आयु पनि पूर्णकालिन नहुनेतर्फ आशंका छ’ थापाले भने ।
मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्नसक्नेतर्फ राष्ट्रबादी शक्तिहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो ।
पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ उर्जाका साथ अघि बढ्ने समेत बताए । राप्रपा नेपालले अंगिकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आवश्यक रहेको थापाको टिप्पणी थियो ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस चियापानसहित प्रबचन गोष्ठी आयोजना गरेर भब्यता पूर्वक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया