अख्तियारले गरायो ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

लोकपथ
52
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलवार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

विशेष अदालतबाट फैसला भएका ती मुद्दामा अख्तियारले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो । थपलियाका अनुसार घुस तथा रिसवत, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?