नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

लोकपथ
26
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलब शून्य तीन अङ्कले ओरालो लागेर २ हजार ६० दशमलब ०६ मा झरेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ३९ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उप–समूहमध्य नौ उपसमूहको शेयर मूल्य घट्दा आउँदा चार उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार कारोबार भएका मध्ये एक सय सात कम्पनीको शेयर मूल्य बढेको छ ।

यस्तै, एक सय दुई उप–समूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन । आज कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंक ९ करोड ६६ लाख ९५ हजार, सानिमा बैंक नौ करोड ४९ लाख १२ हजार आठ सय १४, हिमाल दोलखा हाइड्रोपावर आठ करोड १७ लाख ९४ हजार चार सय ५२ र नेपाल पुनरबीमा कम्पनी आठ करोड तीन लाख ४२ हजार आठ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेत गङ्गा हाइड्रोपावर,धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स छन् । यस्तै, नेरुडे लघुवित्तको शेयर मूल्य सात दशमलब ७३ प्रतिशतले बढेको छ ।

त्यस्तै, विन नेपाल लघुवित्त पाँच दशमलब ५९, बोटलर्स नेपाल तराई लघुवित्त पाँच दशमलब ५४, दोर्दी खोला जलविद्युत् तीन दशमलब ४४, पिपल्स पावर कम्पनी तीन दशमलब ४० र हिमालयन बैंकको शेयर मूल्य तीन दशमलब ३२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?