फेरि शासन गर्न तयार छु भन्दै तम्सिए ज्ञानेन्द्र

काठमाडौं, ४ कात्तिक— पूर्व राजा ज्ञानेन्द्र शाहले आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।शनिबार भाईटिका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको महसुस आफुले गरिरेको भन्दै जनताको इच्छा अनुसार नेतृत्व लिन आफु तयार रहेको बताएका हुन् ।एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरे ।नेतृत्वले जनताको इच्छा र आकाक्षा पुरा गर्न नसकेकाले आफु सक्रिय हुनु परेको पनि उनले स्पष्ट पारे ।मुलुकको पछिल्लो परिस्थितिले आफ्नो नेतृत्व मागेको दाबी गर्दै पूर्व राजा शाहले यसलाई आफु सक्रिय भएको भन्ने ढंगले नबुझ्न पनि आग्रह गरे ।पूर्व राजा शाहले मुलुक र मुलुकबासीको हक हितका लागि जिम्मेवार बन्न समेत सबैलाई आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?