तत्काल बुष्टर डोज खोपको प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

लोकपथ
63
Shares

काठमाडौं । कोरोना संक्रमण पुन: बढ्‍न लागेको भन्‍दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल बुष्टर डोज खोपको प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरु सँगको छलफलमा उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

‘हाल कोभिड १९ को संक्रमण पुनः क्रमश बढ्न लागेको प्रकाशमा आएको । जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?