निर्वाचन आयोगविरुद्ध बालेन साहले हाले मुद्दा

लोकपथ
105
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचन आयोगकाविरुद्धमा सर्वोच्च अदालत मुद्दा हालेका छन् । निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीय तहका जनप्रतिनिधिबाट लाखौं रूपैयाँ जरिवाना असुल्ने आयोगको निर्णयविरुद्ध काठमाडौंका मेयर साहले सर्वोच्च अदालत गुहारेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न मेयर साहले माग गरेका हुन् ।
स्थानीय निर्वाचनमा भाग लिएकामध्ये देशभरका १ लाख २३ हजार ६२४ उम्मेदवारले जरिवाना नतिरे ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने गरी भएको सो निर्णयविरुद्ध साहले मुद्दा दायर गरेका हुन् ।

अदालतबाट स्पष्ट व्याख्या हुनुपर्ने जिकिर गर्दै मेयर साहले कुनै पनि ऐन र संविधानमा नभएको व्यवस्था निर्वाचन आयोगले जबर्जस्ती लागू गराउन खोजेको दाबी गरेका छन् ।

साहको यस मुद्दामा अदालतबाट कस्तो आदेश आउँछ, त्यसले जरिवाना तोकिएका बाँकी उम्मेदवारको विषय पनि टुग्गो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?