ज्ञानेन्द्र मल्लले भने-‘हाम्रो टिमलाई म्याच फिक्सिङको अफर आएको थियो’

लोकपथ
195
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग विवादमा तानिएको छ । म्याच फिक्सिङ भएको विषयलाई लिएर लिग विवादित बनेको हो । आज सम्पन्न विराटनगरविरुद्धको खेलपछि काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको बताएका थिए।

उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा कुरा पुर्‍याइसकेको जानकारी दिए । कप्तान मल्लले भने, ‘फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्‍यौँ, ।’

काठमाडौंले आजको खेलमा विराटनगरलाई हराएको थियो । उक्त खेल शुरु हुनुपूर्व खेलाडीले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएपछि खेल ढिला गरी शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?