काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवम् प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छिन् ।
मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । नेतृ घर्तीले संघीय शासन प्रणालीको दोस्रो कार्यकाल शुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरुले समेत समस्या व्यहोरिरहेको बताईन् । उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने बताईन् ।
पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरुले संसदमा गरिरहेका कार्यहरु हेर्न पाउनुपर्ने बताईन् । उनले जनता र जनप्रतिनिधि बीचको सम्बन्ध ५ वर्षमा भोट माग्न जानेकुरामा मात्रै सिमित हुनु नहुने बताईन् । उनले संसदमा जनगुनासाहरुको सम्बोधन हुनुपर्ने पनि बताएकी छिन् । उनले जनप्रतिनिधिहरुले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरुलाई झक्झकाइ रहनुपर्ने बताईन् ।
पूर्व सभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढीरहेको बताउँदै जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताईन् । उनले जनताको काम गर्न र संसदका गतिविधिहरुलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएकी छिन् । उनले पछिल्लो समय भ्रष्टाचार बढीरहेको भन्दै सरकारको हरेक निकायहरु नै भ्रष्टाचारको संस्कार सिकिसकेको उल्लेख गरिन् । भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदहरुलाई ठूलो चुनौति रहेको बताएकी उनले नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको भन्दै गुनासो गरिन् ।
पूर्व सभामुख घर्तीले सांसदको काम र भूमिकाबारे जनतामा चेतना फैल्याउन आवश्यक रहेको पनि बताईन् । उनले कानून निर्माणका बारेमा विभिन्न स्तरका बैठक र छलफलहरु हुनुपर्ने बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया