सांसद ढकाल र उपराष्ट्रपति बीच भेटवार्ता

लोकपथ
78
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल र उपराष्ट्रपति नन्द बहादुर पुन बीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिको कार्यालयमा सोमवार भएको भेटमा देशको समसामयीक अवस्था बारे कुराकानी भएको ढकालका स्वकीय सचिब जेन श्रेष्ठले बताए ।

उपराष्ट्रपति पुनले सांसदहरुले जन अपेक्षित भूमिका खेली सबै देशबासीको मनोबल उच्च राख्नु पर्ने बताउँदै सांसद ढकाललाई बधाई तथा शुभकामना दिए ।

सांसद ढकालले राष्ट्रपति र उपराष्ट्रपति गणतन्त्रको प्रतिक र राष्ट्रको अभिभावक भएकोले जनप्रतिनिधिहरुलाई आवश्यक मार्ग निर्देशन गर्न आग्रह गरे । ढकालले आफूले संसदमा जिम्बेवार सदस्यको भूमिका निभाउने बताए ।

भेटमा नेता ढकालसँगै परिवार दलका महामन्त्री सन्तोष पौडेल र प्रकाश बाबु थापाको पनि सहभागीता रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?