‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका माघ २ गते सार्वजनिक हुने

लोकपथ
52
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको टाई शिट माघ २ गते सार्वजनिक हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच सोमवार बसेको बैठकले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने सहमति गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार ‘ए’ डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले क्लबहरूलाई लिगको समयसीमा जारी गरेको हो ।

समयरेखा अनुसार क्लबहरूले पुस २२ गते सम्ममा आफ्नो प्रवेश फारम बुझाउनु पर्ने र माघ १५ गते सम्ममा राष्ट्रिय क्लब लाइसेन्सको आवश्यकताहरू पूरा गर्नुपर्ने बताइएको छ।

एन्फाले पुस २४ गतेबाट खेलाडी दर्ता खुला हुने र क्लबले माघ २९ गतेसम्म कम्तिमा २० खेलाडी दर्ता गर्नुपर्ने बताएको छ ।

छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो ।

बैठकमा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोशी, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, न्यूरोड टिमका महासचिव नरेन्द्रमान श्रेष्ठलगायत १४ वटै ‘ए’ डिभिजन क्लबको प्रतिनिधित्व रहेको थियो ।

लिग फागुन ३ गतेबाट सुरु हुनेछ । प्रतियोगीता डबल राउण्ड रोबिन ढाँचामा खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?