प्रभु साहलाई रामवीर मानन्धरको साथ

लोकपथ
210
Shares

काठमाडौं । पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई नेकपा एमालेका पूर्व नेता एवं पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले साथ दिने भएका छन् ।

मानन्धरको माछापोखरीस्थित निवासमा दुई नेताबीच भएको भेटघाटमा साहको पार्टीलाई साथ दिन मानन्धर तयार भएका हुन् ।

आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवका अनुसार मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने छन् ।

साह र मानन्धरजी बीच भेटवार्ता भएको जानकारी दिँदै यादवले भने, ‘उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो । उहाँ हाम्रो पार्टीको साथमा हुनुहुन्छ ।’

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए । काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभा सभा सदस्य तथा २०७४ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित मानन्धर एमालेले टिकट नदिएपछि यस पटकको प्रतिनिधिसभा निर्वाचनमा भने सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, उनी पराजीत भए ।

साहले भने नेकपा एमालेबाट टिकट लिएर पनि रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै चुनाव जितेका थिए । र आफू निकटलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । तिनै स्वतन्त्रहरुलाई साथ लिएर साहले आम जनता पार्टी गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?