चाकुको राजधानी टोखा : माघी नजिकिएसँगै मग्मगायो बस्ती (फोटोफिचर)

लोकपथ
234
Shares

काठमाडौं । काठमाडौंको टोखा चाकुका लागि प्रख्यात छ ।

चाकु बनाउने टोखाबासीको शदीयौँ अघिदेखिको पुरानो व्यवसाय हो ।

नेपाली बजारमा प्रख्याती कमाएको टोखाको चाकुले विश्व बजारमा समेत प्रवेश पाउन थालेको छ ।

माघी पर्व नजिकिएसँगै टोखाका बस्तीहरु चाकुको बास्नाले मग्मगाएको छ ।

माघी पर्वमा चाकुको विशेष महत्व रहने भएकाले त्यहाँका व्यवसायीहरुलाई चाकु बनाउन भ्याइ नभ्याइ छ । दशकौँ अघिसम्म सोही स्थानमा उखु उत्पादन गरी चाकु बनाइन्थ्यो । तर अहिले भने अन्य ठाउँबाट सखर ल्याइ विभिन्न प्रकारका चाकु बनाइन्छ ।

तस्बिर हेर्नुहोस् :

     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?