प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्दै

लोकपथ
7
Shares

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मंगलबार निर्देशनात्मक सम्बोधन गर्न लागेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सोमबार सरकारको काम कारबाही प्रभावकारी बनाउन सचिवसँग छलफल गरेका प्रचण्डले प्राप्त सुझाव र समस्याहरु समेटेर निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?