काठमाडौं । गत वर्ष प्रर्दशित फिल्म ‘लिलिबिली’ सर्वाधिक पाँच विधामा अवार्ड जित्न सफल भएको छ ।
कामना फिल्म अवार्डको प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा प्रदान गरिएको अवार्ड कार्यक्रममा फिल्म ‘लिलिबिलि’ले सर्वोत्कृष्ट फिल्म, निर्देशक, नवअभिनेत्री, पाश्र्वसंगीत र ध्वनी मिश्रण अवार्ड हात पारेको थियो ।
त्यस्तै समारोहमा अनमोल केसी र बेनिशा हमाल उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भए । अनमोलले ‘कृ’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्द बेनिशालाई फिल्म ‘ब्लाइन्ड रक्स’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड दिलायो ।
नव निर्देशक तर्फको अवार्ड भन्ने निर्देशक संचारकर्मी दिपेन्द्र लामाले पाए । त्यसैगरि फिल्म ‘ग्याङस्टर ब्लुज’बाट आशिरमान देशराज जोशी र फिल्म ‘लिलिबिल्ली’बाट अभिनेत्री जसिता गुरुङ नवअभिनेता अभिनेत्री घोषित भए ।
०७४ साल १ वैशाख देखि चैत मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका फिल्म अवार्डमा सहभागी थिए ।
प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका चर्चित नायक प्रदीप खड्का र जसिता गुरुङसम्मले नृत्य गरेको कार्यक्रममा गीत संगीत र कलाकारको कार्यक्रम प्रस्तुति समेत रहेको थियो ।
अवार्ड जित्नेहरुः
सर्वोत्कृष्ट चलचित्र : लिलिबिली
सर्वोत्कृष्ट निर्देशक : मिलन चाम्स (लिलिबिली)
सर्वोत्कृष्ट नव–निर्देशक : घामपानी (दिपेन्द्र लामा)
सर्वोत्कृष्ट अभिनेता : अनमोल केसी (क्रि)
सर्वोत्कृष्ट अभिनेत्री : बेनीषा हमाल (ब्लाइन्ड रक्स)
स्टार अफद ईयर : प्रियंका कार्की
जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट अभिनेता : रमेश बुढाथोकी(भुईमान्छे)
जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट चलचित्र : भुईमान्छे
जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट खलपात्र : सुनिल थापा ( शेर बहादुर)
क्रिटिक्स अवार्ड अन्तर्गत संगीत तर्फ : कालीप्रसाद बाँस्कोटा
बर्ष थिएटर : बिरेन्द्र हमाल (मालाआर्ट)
सर्वोत्कृष्ट नवअभिनेता : आशिरमान देशराज जोशी( ग्याङ्गस्टर ब्लुज)
सर्वोत्कृष्ट नवअभिनेत्री : जसिता गुरुङ ( लिलिबिली)
सर्वोत्कृष्ट सहअभिनेता : शिवहरी पौडेल (शत्रुगते)
सर्वोत्कृष्ट सहअभिनेत्री : वर्षा राउत (छक्का पञ्जा २)
सर्वोत्कृष्ट खलपात्र : रमेश रञ्जन झा (शत्रुगते)
सर्वोत्कृष्ट हाँस्यकलाकार : राजाराम पौडेल (म यस्तो गीत गाउँछु)
सर्वोत्कृष्ट बालकलाकार : पिंजडा ब्याक अगेन (कुशाग्र भट्टराई)
सर्वोत्कृष्ट कथा : दीपेन्द्र लामा (घामपानी)
सर्वोत्कृष्ट पटकथा : दीपकराज गिरी र प्रदीप भट्टराई शत्रुगते)
सर्वोत्कृष्ट संवाद : हरिवंश आचार्य र प्रदीप भट्टराई (शत्रुगते)
सर्वोत्कृष्ट गीतकार : धिरेन्द्र प्रेमर्षी (सम्झनाको सारंगी र संरक्षण)
सर्वोत्कृष्ट संगीतकार : अर्जुन पोखरेल (तिमी रोएको पल –ऐश्वर्य)
सर्वोत्कृष्ट पाश्र्व गायक : सुगम पोखरेल (तिमी रोएको पल र ऐश्वर्य)
सर्वोत्कृष्ट पाश्र्व गायिका : बानिका प्रधान (उड्यो मन –ब्लाइन्ड रक्स)
सर्वोत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज (कुटुमा कुटु –दुई रुपैयाँ)
सर्वोत्कृष्ट द्वन्द निर्देशक : हिमाल केसी (पिजंडा ब्याक अगेन)
सर्वोत्कृष्ट छायांकन : पुरुषोत्तम प्रधान (कृ)
सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (कृ)
सर्वोत्कृष्ट पाश्र्वसंगीत : एलिष कार्की (लिलिबिली)
सर्वोत्कृष्ट ध्वनी मिश्रण : मुकेष शाह (लिलिबिली)
सर्वोत्कृष्ट श्रृंगार : शंकर थापा (घामपानी)
लाइफ टाइम अचिभमेन्ट अवार्ड
समारोहमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै संगीतकार शम्भुजित बाँस्कोटालाई एक लाख रुपैयाँ र सम्मानपत्र सहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया