भाइटीका लगाएपछि ओलीले गरे यस्तो आह्वान

काठमाडौं, ४ कात्तिक— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गर्नु भएको छ ।अध्यक्ष ओलीले निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा पनि जोड दिनु भयो । शनिवार आफ्नै निवास बालकोटमा बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाईटीका ग्रहण गरेपछि संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफल पार्न सबैमा आह्वान गर्नु भएको हो । अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्न सरकारको पनि ध्यानाकर्षण गराउनु भयो ।अध्यक्ष ओलीले त्यसमा अवसरमा तिहार, आउँदै गरेको छठ पर्वको पनि शुभकामना दिनु भयो । उहाँले भाईटीकालाई आफूले दिदीबहिनीसँगको आत्मीयता साटासाट गर्ने पर्वको रुपमा लिने गरेको पनि स्पष्ट पार्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?