सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित

लोकपथ
26
Shares

काठमाडौं । सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम–कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्टिट्युसन’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको बताइएको छ ।

पुस १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका हुन् । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु र्‍याउने उद्देश्यले बैंकले देशभर १ सय ९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २ सय १५ एटिएम, १ सय १८ शाखारहित बैंकिङ सेवा र एक हजार आठ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?