जसपा राजनीतिक समितिको बैठक जारी

लोकपथ
39
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठक जारी छ ।

सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक शुरु भएको हो । सोमवार ललितपुरको ज्यापु समाज भवनमा शुरु भएको बैठकमा निर्वाचनको समिक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरुसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले निर्वाचनको समिक्षा गर्नका लागि नेता शिवलाल थापाको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिलाई अनुमोदन गर्ने कार्यसूचि रहेको जनता समाजवादी पार्टी नेपालले जनाएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?