१५ मङ्सिर २०७८, बुधबार

भाइटीका लगाएपछि ओलीले गरे यस्तो आह्वान

२०७४,कार्तिक,४,शनिवार १४:३६

0
Shares

काठमाडौं, ४ कात्तिक— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गर्नु भएको छ ।अध्यक्ष ओलीले निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा पनि जोड दिनु भयो । शनिवार आफ्नै निवास बालकोटमा बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाईटीका ग्रहण गरेपछि संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफल पार्न सबैमा आह्वान गर्नु भएको हो । अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्न सरकारको पनि ध्यानाकर्षण गराउनु भयो ।अध्यक्ष ओलीले त्यसमा अवसरमा तिहार, आउँदै गरेको छठ पर्वको पनि शुभकामना दिनु भयो । उहाँले भाईटीकालाई आफूले दिदीबहिनीसँगको आत्मीयता साटासाट गर्ने पर्वको रुपमा लिने गरेको पनि स्पष्ट पार्नु भयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,४,शनिवार १४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । प्रदेश सभापतिमा उम्मेदवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का सचिवालय सदस्य हेमन्तप्रकाश ‘सुदर्शन’ बीच

बैतडी । नेकपा (माओवादी केन्द्र)ले बैतडीका ४ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मंसिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत

रसुवा । नेपाली कांग्रेस रसुवाको १४औँ जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उनी यसअघि पनि

ताजा समाचार

‘परदेशी–२’ अर्काे दशैँमा प्रदर्शन हुने
 २०७८,मङ्सिर,१५,बुधबार १२:१७
भरूवा बन्दुकसहित एक जना पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:३१