राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न आयोगलाई प्रधानमन्त्री दाहालको निर्देशन

लोकपथ
39
Shares
k|wfgdGqL …k|r08ږe]6jftf{ sf7df8f}F, !* k’; M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ;Fu ;f]daf/ k|wfgdGqL lgjf; afn’jf6f/df lgjf{rg cfof]usf cfo’Qmx? e]6jftf{ ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्दको कार्यालयमा आयोगका पदाधिकारीहरुसँगको छलफलमा दाहालले निर्देशन दिएका हुन् ।

त्यसैगरी राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक पक्रिया थाल्न उनले निर्देशन दिएका हुन् ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने, आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्तहरु उपस्थित थिए ।

आयोगका आयुक्तहरुले निर्वाचन आयोगको काम कारवाही र निर्वाचन प्रक्रियाबारे प्रधानमन्त्री दाहाललाई जानकारीसमेत गराएका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले स्थानीय तह, प्रतिनिधि र प्रदेश सभा निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवादसमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?