जागिरे प्रवृत्ति त्यागेर काम गर्न प्रजिअहरुलाई गृहमन्त्रीको निर्देशन

लोकपथ
52
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका जिल्ला प्रशासन अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रायलबाट भर्चुअल सम्बोधन गर्दै उनले सुशासन प्रत्याभूत हुने र नागरिकमा आशा जगाउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

आवाजविहीनहरुको आवाज सुन्न आग्रह गर्दै गृहमन्त्री लामिछानेले ‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव नदेखियोस्’, भने ।

आर्थिक अनुशासनमा शून्य सहनशीलता पालना गर्न निर्देशन दिँदै उनले तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्न पनि निर्देशन दिएका छन् ।

जागिरे प्रवृत्ति नदेखाई तीब्र गतिमा काम गर्न निर्देशन दिँदै उनले न्यायमा सबैको पहुँच हुनेतर्फ ध्यान दिन आग्रह गरे । उनको भनाइ थियो, ‘नागरिकले न्यायका लागी अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’

विभिन्न जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिँदै उनले शीतलहरसँग जुधिरहेका नागरिकलाई तत्काल राहत पुर्‍याउन सुरक्षा प्रमुख र प्रजिअहरुलाई निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?