काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आयोग पदाधिकारीहरुसँग हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल गरेका हुन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
यसैगरी, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगायत विषयमा पनि प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल भएको छ । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् ।
यसैगरी आयोगका तर्फबाट भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरूलगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले आजै विभिन्न मन्त्तालयका सचिवहरुलाई पनि निर्देशन दिँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया