कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

लोकपथ
0
Shares

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन् । आइतबार बिहान चौधरीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए ।

उनले उपनेता पनि सहमति मै चयन गर्ने तयारी भएको जानकारी दिए । संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी  थिए । चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्ली चौधरी सर्वसम्मत चयन भएका हुन्। चौधरी हाल लुम्बिनी प्रदेशको सहरी विकास मन्त्री समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?