जोशी हार्इड्रोको १८ लाख ९० हजार कित्ता अार्इपीअो अाजदेखि

काठमाडौं : जोशी हाइड्रो पावर कम्पनीले अाज अार्इतबारदेखि १६ लाख ९० हजार ४७० कित्ता साधारण शेयर (आर्इपीओ) बिक्री खुला गर्दैछ ।

र्इलाम जिल्लामा अपर पुवा-१ जलविधुत आयोजना सञ्चालन गरिरहेको यो कम्पनीले कर्मचारीका लागि ५० हजार ७१४ कित्ता (३%) र म्युचुअल फन्डलार्इ ८४ हजार ५२३ कित्ता (५%) शेयर छुट्याएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणलार्इ बेच्न लागेको हो । 

जोशीको आर्इपीओमा मंसिर १९ गतेसम्म आवेदन दिन सकिने र सो अवधिमा सबै कित्ता आर्इपीओ बिक्री नभएमा पुस १६ गतेसम्म भर्ने व्यवस्था मिलाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

सि-आस्वाका माध्यमबाट र्इच्छुक लगानीकर्ताले ५० कित्तादेखि ८ लाख कित्तासम्म शेयर भर्न सक्नेछन् । आर्इपीओ बिक्रीबाट उठेको रकम आयोजना निर्माणताका लागेको खर्च जुटाउन प्रयोग हुने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी र्इक्रा नेपालले जोशी हार्इड्रोपावरले निष्काशन गर्न लागेको आर्इपीओलार्इ कमजोर रेटिङ गरिदिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?