एमाले लुम्बिनीको संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन

लोकपथ
39
Shares

देउखुरी । नेकपा (एमाले) लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ ।

चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आज प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैलाई सर्वसम्मत चयन गरेको हो । गिरी रूपन्देही–२ (१) बाट र आचार्य अर्घाखाँची–१ (२) बाट निर्वाचित सदस्य हुन् । उनीहरू दुबै पूर्वमन्त्री हुन् ।

सभामुख र मुख्यमन्त्री एक हप्ताभित्र सहमतिमा टुङ्गो लाग्नेसमेत एमाले महासचिव शङ्कर पोखरेले जानकारी दिए । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्य प्रदेशसभा रहेको छ । एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ ।

नेपाली कांग्रेस २७, नेकपा (माओवादी केन्द्र) नौ, राप्रपा चार, नागरिक उन्मुक्ति पार्टी चार, जनमत पार्टी तीन, जनता समाजवादी तीन, लोकतान्त्रिक समाजवादी तीन, राष्ट्रिय जनमोर्चा एक, नेकपा (एकीकृत समाजवादी) एक र स्वतन्त्र तीन प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?