उपप्रधानमन्त्री श्रेष्ठले भने,‘प्रेसरमा परेर कुनै पनि काम नर्गनू’

लोकपथ
28
Shares

काठमाडौं । उपप्रधान एवम् भौतिक निर्माण तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कसैको दवाबमा आएर कुनैपनि काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आज आइतवार आफू मातहतको मन्त्रालय अनुगमन गरेका उनले सो निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले भवनको अनुगमन गर्दै गल्लीहरूमा रहेका फोहोर, शौचालय, प्रिन्टर, कम्प्युटर लगायतको निरिक्षण गरेका थिए । आफ्नो अफिस सफा राख्न निर्देशन दिएका उनले मन्त्रालयको सचिव, महाशाखा प्रमुखहरू सँग मन्त्रालयको योजनाको बारे पनि ब्रिफिङ लिएका छन् ।

आज मन्त्रालय, यातायात, रेलवे महाशाखाले मन्त्रीलाई ब्रिफिङ गरेका छन् । ब्रिफिङको क्रममा मन्त्री श्रेष्ठले महाशाखा प्रमुखले आफ्नो महाशाखा अन्तर्गतका समस्याहरू राखेकोमा केही दिन भित्र ती समस्या समाधानको प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।

‘राष्ट्र भनेको साईकोलोजिकाल युनिटी हो । मेरो हरेक समस्या देशले समाधान दिन सक्छ भन्ने मनोविज्ञ निर्माण गर्ने गरी काम गर्न उनले कर्मचारीहरुलाई निर्देश गरेका छन् ।’ हामी मिलेर नयाँ प्रतिष्ठा निर्माण गर्नै पर्छ भन्ने निर्देशन दिएका श्रेष्ठले अन्य शाखाको ब्रिफिङ भोलि लिने बताइएको छ ।

मन्त्री श्रेष्ठले कार्यालय समयलाई पालना गर्ने, कार्यालय छोड्दा वा नआउँदाको रेर्कड हुनुपर्ने, कुनैपनि फाइल कहाँ, कहिले र कस्तो अवस्थामा छ रेर्कड राख्ने र फाइल हुने वा नहुने तुरुन्त निर्णय गर्नुपर्ने, (अन डु) प्रेसरमा परेर कुनै पनि काम नगर्ने, अफ्ठेरो भएमा मन्त्रीलाई जानकारी गराउने, मित ब्ययी बन्ने , साधन श्रोत दुरुपयोग हुन नदिने र सरसफाइलाई विशेष ध्यान दिन बिषेश आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?