सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

लोकपथ
208
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी माता कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कपिलकुमारी बस्नेतको आज काठमाडौंस्थित आफ्नै निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ केन्द्रीय सदस्य बस्नेतलगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्व.बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?