मन्त्री बन्दिन, बाहिरै बसेर पार्टी सुदृढीकरणको काम गर्छु : उपमहासचिव पुन

लोकपथ
42
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आफ्नो मन्त्री बन्ने चाहना नभएको बताएका छन् । पुनले आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताएका हुन् । उनले पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको बताएका छन् ।

पुनले भने ‘यसपटक बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु भनेर हो ।’ चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भएका थिए ।

राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?