काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन् । शनिवारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले बताए । एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरेपनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने अधिकांश नेताहरुको धारणा रहेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले सरकारमा सहभागि हुन औपचारिक रुपमा प्रस्ताव नपठाएको खण्डमा पार्टी सरकारमा भने जानु नहुने नेताहरुले निस्कर्ष निकालेका छन् ।
उनले एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरुलाई भ्रममा पार्नका लागि एमालेका मान्छेहरुले पार्टी एकताको हल्ला चलाएका बताए । पार्टी एकताको हल्ला चलाएर एकीकृत समाजवादीको कार्यकर्ताहरुलाई भुलभुलैयामा राख्ने षड्यन्त्र भइरहेको पनि उनले बताएका हुन् । उनले एमालेसँग एकताको लागि कुनै प्रयास नभएको स्पष्ट पारे ।
उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरालाई हावाको संज्ञा दिँदै एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रश्ताव यति छिट्टै नराख्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया