प्रभु क्यापिटलको डिम्याट स्किममा विशेषता थप

लोकपथ
26
Shares

काठमाडौं । प्रभु क्यापिटलले आज आइतवारबाट लागू हुनेगरि डिम्याट स्किममा विशेषता थपेको छ । क्यापिटलले “प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं” भन्ने स्लोगन सहित “९९९ आजीवन डिम्याट खाता” योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुलाई वार्षिक डिम्याट नविकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष एक सय रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो, जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।

कम्पनीका अनुुसार १ जनवरी, २०२३ बाट शुरु भएकोे यो योजनामा हितग्राहीले एक पटक ९ सय ९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ । यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुर्‍याउने छ ।

यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवासी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा इन एफ भेरिफिकेसन छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजनाका बिशेषताहरुमा नौं सय ९९ रुपैयाँमा आजीवन डिम्याटको सुविधा साथै एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, लगानी व्यवस्थापन सेवा (पिएमएस) मा पुराना भएका शेयर पोर्टफोलियोको निशुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट, तुरुन्त डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै, अनलाईनबाट डिम्याट भर्दा भिडियो केवाईसी तथा एपबाट भर्दा इन एप केवाईसी भेरिफिकेशनको सुविधा आदि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?