सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच समझदारी

लोकपथ
39
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।

बैंकले भारतको दिल्लीस्थित मेदान्त हस्पिटललगायत मुलुकको करिब २५ अस्पतालस‘ंग छुट सहकार्यको सम्झौता गरेको छ । हाल बैंकमा करिब १५ लाख ग्राहकहरुले सेवा लिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?