काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले मधेस प्रदेशका आठवटै जिल्लामा जिल्ला नेतृत्वको जिम्मेवारी तोकेका छन् ।
पार्टीको अन्तरिम विधान, २०७९ बमोजिम उनले अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेका हुन् ।
मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा (एमाले) छाडेर स्वतन्त्र लडेको शाहले हालै नयाँ पार्टीको घोषणा गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया