काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले आफूहरुले राम्रो काम गरे पनि प्रचार नहुँदा जस पाउन नसकेको गुनासो गरेका छन् ।
मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोरसम्मको प्रस्ताव पहिलो पटक आफू प्रधानमन्त्री हुँदा ल्याएको दाबी गर्दै उनले आफूहरुकै योजनामा नेपाल हिँडिरहेको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले त्यस्ता कामहरु माओवादीले गरेको भनेर स्थापिन नै हुन नसकेको गुनासो गरे । राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै उनले उज्यालो नेपाल जस्ता विकास कार्यक्रम माओवादीकै नेतृत्वबाट सम्भव भएकाले त्यसको स्वामित्व लिनेगरी अभियानमा लाग्न निर्देशन दिए ।
वर्तमान सरकारको नीति राम्रो गर्ने बाहेक केही नरहेको भन्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने विषयमा चर्चा भइरहेको पनि जानकारी दिए । कर्णालीमा बन्ने सरकारले त्यहाँका जनता र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न सकनुपर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया