लुम्बिनीका प्रदेश सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै

लोकपथ
13
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथग्रहण गर्ने भएका छन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेश सभा भवनमा शपथग्रहण गर्ने बताइएको छ।

अबको केही बेरमा हुन लागेको शपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने छन् ।

प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने र त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ ।

तर, लुम्बिनी प्रदेशमा भने प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ ग्रहण गराउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?